भिम भुसाल, देवचुली ।
नेकपा एमालेको राज्य पुर्नसंरचना पछिको पहिलो अधिवेशन देशभर चलिरहदा देवचुली नगरपालिकामा ७५ सिट मध्ये ४५ सिटमा उम्मेद्वार निर्विरोध निर्वाचित भएका छन् ।
१७ वडा रहेको देवचुलीमा भुगोल तर्फ १,१५ र १६ वडामा मात्रै निर्वाचन हुने भएको छ भने सिमान्तकृत महिला, पुरुष, अल्पसंख्यक, मुस्लिम कोटाका उम्मेद्वार निर्विरोध निवार्चित भएका हुन् ।
त्यस्तै देवचुली नगर अध्यक्षमा ५ जनाको उम्मेद्वारी रहेको छ । जसमा दिनानाथ भुसाल, सागर न्यौपाने, हरि प्रसाद पाठक, कृष्ण बहादुर के.सी. र रुमाकला काफ्लेको उम्मेद्वारी रहेको छ । उपाध्यक्षमा समेत ५ जनाको उम्मेद्वारी रहेको छ । जसमा भिमलाल तिवारी, नारायणदत्त भुर्तेल, शेषकान्ती सापकोटा, दिपक भट्टराई र गिर बहादुर थापा क्षेत्री रहेका छन् । सचिव पदमा ४ जनाको उम्मेद्वारी परेको छ । जसमा डिलाराम पाण्डे, सुरजकान्त सुवेदी, जिवन श्रेष्ठ र कृष्ण वाग्लेको उम्मेद्वारी रहेको छ ।
त्यस्तै उप सचिव पदमा सूर्य बहादुर दवाडी, ओम प्रकाश तिवारी, गणेश शर्मा चालिसे, भुपाल अधिकारी, कल्पना भण्डारी, नविन पौडेल र पारसनाथ खनालको उम्मेद्वारी रहेको छ । अध्यक्ष, उपाध्यक्ष, सचिव पदमा एक–एक उम्मेद्वार चुनिनेछन् भने उप सचिव पदमा २ जना उम्मेद्वार चुनिने निर्वाचन समितिका अध्यक्ष तिलप्रसाद काफ्लेले जानकारी दिनुभयो । एकै पदमा धेरै आकांक्षी रहेको सन्र्दभमा भोलि विहान ११ बजे सहमतिको प्रयास गरिने र सहमति हुन नसक्ने अवस्थामा निर्वाचनको टुंगो लगाईने काफ्लेले पावर संदेशलाई जानकारी दिनुभयो ।