देवचुली।
पछिल्लो समय नेपाली राजनितिमा युवाको चाँसो र नेतृत्व बढ्दै गएको छ । नेपालका ठुला राजनैतिक दलमा युवा पत्तिको अग्रशरताले सक्षम नेतृत्वको विकास हुन्छ भन्ने आशा समेत पलाएको छ । भर्खर सम्पन्न नेकपा एमालेको वडा तथा नगर अधिवेशनमा समेत युवाको अग्रशरताले नेपाली राजनितिप्रति सकरात्मक संदेश प्रवाह गरेको छ ।
नवलपुरका वडा तथा पालिकामा सर्वसम्मत नेतृत्व तथा पदाधिकारी चयन भएका छन् ।
देवचुली नगरपालिका वडा नम्बर ५ मा २३ वर्षिय सुशिल चापागाई वडासचिवमा सर्वसम्मत चयन भएका छन् ।चापागाई जिल्लाका कान्छो वडा सचिव भएको नेकपा एमाले पार्टी जिल्ला नवलपुरले जानकारी दिएको छ । २०७६ मा संघीय युवा सांसद नवलपुर बाट प्रतिनिधित्व गर्दै संघीय युवा संजाल सदस्य, युवा संजाल गण्डकीको सल्लाहकार हुँदै चापागाई पार्टीको वडा सचिव भएका हुन् ।