देवचुली । अमर सामुदायिक बन उपभोक्ता समूहकाे निर्वाचित तालिका अनुसार आज भएकाे मनाेनयन दर्ता प्रकृयावाट ३३ जना उम्मेद्वारहरुको अन्तिम नामावली प्रकाशन भएकाे छ । देवचुली ३,५ र १२ समेटिएकाे सामुदायीक वनको आज २:०० बजे सम्म मनाेनयन दर्ताकाे समय सिमा ताेकिएकाे थियाे ।
नामावलीमा अध्यक्ष ३ जना सहित पदाधिकारी, कार्यसमिती सदस्य र लेखा समिती मा गरि जम्मा ३३ जनाको उम्मेद्बारी परेको छ । यी सम्पुर्ण उमेदवारहरु दाबी बिरोध पछिका उमेदवार भएकाे निर्वाचन संयोजक युवराज वाग्लेले जानकारी दिनुभयाे ।
पौष १३ गते दिनको ३ बजे उम्मेदवारहरुलाई चुनाव चिन्ह प्रदान गर्ने छ ।
पाैष १७ गते विहान ९ बजे देखि ४ बजे सम्म मतदान प्रकृया संचालन गरिने छ । अमर सामुदायिक बनमन करीव १ हजार ३ सय ४७ मतदाता रहेका छन् । मतदानमा सहभागि हुन निवार्चन आयाेगले सम्पूर्ण मतदाताहरु लाई आग्रह गरेकाे छ । उमेद्वारकाे नामावली