
भिम भुसाल,देवचुली ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन देवचुलीको नगरअधिवेशनले नेतृत्व टुंगाउन असफल बनेको छ । आज देवचुली १३, दलदलेमा भएको प्रथम अधिवेशनले अध्यक्ष पदमा सहमती जुट्न नसकेपछी नेतृत्व टुंगाउन असफल बनेको हो ।
अनेरास्वियु देवचुली नगर अध्यक्ष पदमा सुशिल चापागाई र शिशिर गैह्रेको उम्मेद्वारी परेको थियो । भने उपाध्यक्ष पदमा २ र सहसचिव पदमा ६ जनाको उम्मेद्वारी परेको छ । सचिव र कोषाध्यक्ष भने सर्वसम्मत भएका छन् ।

सहमती जुट्न नसकेपछी अध्यक्ष मण्डलको निर्णयले पुस २० गते सम्मको लागि बन्दसत्र सरेको जानकारी दियो ।