
भिम भुसाल, नवलपुर ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक(एसपी) प्रकाश मल्लको सरुवा भएको छ । आइतवार देशभरका ३४ प्रहरी उपरीक्षकको सरुवामा नवलपुरका प्रहरी प्रमुख मल्लको पनि सरुवा भएको हो । मल्लको नेपाल प्रहरी शिक्षालय, भरतपुरमा सरुवा भएको छ । नवलपुरमा शान्ति सुरक्षा कायम गर्दै अपराध नियन्त्रण गर्न सक्षम सावित भएका मल्लको ठाउँमा प्रज्वल महर्जन आउने भएका छन् । महर्जन जिल्ला प्रहरी परिसर, ललितपुरबाट सरुवा भै नवलपुर आउने भएका हुन् ।

प्रहरी प्रधान कार्यालयका अनुसार सरुवा भएका एसपीहरुको पुस महिनाको तलब भत्ता समेत हाल सरुवा गरिएको दरबन्दीबाट पाउने व्यवस्था गरिएको छ ।