
काठमाडौँ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग केन्द्र ९टेकु अस्पताल० मा कर्मचारी नै संक्रमित भएपछि खोप कार्यक्रम स्थगित गरिएको छ ।
अस्पतालले आज एक सुचना जारी गर्दै अस्पतालमा कार्यरत कोभिड – १९ विरुद्ध खोप कार्यक्रममा ५० जना भन्दा बढी कोरोना संक्रमित फेला परेकाले खोप कार्यक्रम माघ १० गतेदेखि माघ १६ गतेसम्म स्थगित गरेको अस्पतालले जनाएको छ ।
