नवलपुर ।
नवलपुरको देवचुलीमा मजदुर बोकेको सवारी दुर्घटनामा परेको छ । पश्चिमबाट पूर्वतर्फ जादै गर्दा देवचुली १७ झराहीमा नारायणगढ बुटवल सडक आयोजनामा कार्यरत मजदुर बोकेको बा १४ च २९०६ नम्बरको सवारी दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
दुर्घटनामा ८ जना घाईते भएका छन् । जसमध्ये ४ को अवस्था मध्यम र ४ जना सामान्य रहेको प्रहरीले जनाएको छ । घाईतेहरुको कालीगण्डकी अस्पताल कावासोतीमा उपचार भैरहेको छ ।