
देवचुली । प्रशासनले अनावश्यकरुपमा धरकपट गरेकाे भन्दै देवचुली ट्याक्टर तथा डाेजर समिति आन्दाेलित बनेका छन् ।
सरकार एवं स्थानिय निकायले ताेकेकाे कानुन वमाेजिम ढुंगा, माटाे उत्खनन् तथा ढुवानी गर्दा प्रशासनले विभिन्न वहानामा ट्याक्टर तथा डाेजरहरुलाई कारबाही गरेकाे, अनुमति विना मेसिनहरु महिनाै सम्म चलाउदा पनि प्रशासन माैन बसेकाे भन्दै व्यवसायीहरु आन्दाेलनमा उत्रिएका हुन् ।
आईतवार नगरपालिका परिषरमा ट्याक्टर, डाेजर सहित व्यवसायीहरुले प्रर्दशन गरेका थिए । केहि समय तनावग्रस्त अवस्था सृजना भएपछि समिति, प्रशासन र नगरपालिकाकाे समन्वयनमा छलफल गरिएकाे थियाे । छलफलकाे क्रममा लाखाै लगानी गरेर स्वदेशमा नै केही गराै भन्द मेसिनहरु संचालनमा अवराेध सृजना गर्ने, विभिन्न वहानामा पक्राउ गर्ने, अनावश्यक शुल्क लिने तथा जिम्मेवार व्यत्तिवाट हताेत्साही हुने अभिव्यक्ति आएकाे भन्दै व्यवसायीहरु रुष्ट बनेका थिए ।
व्यवसायीले ट्याक्टर तथा JCB लाई अनावश्यक दुख दिन बन्द गरिनु पर्ने, मापदण्डकाे हकमा जमिन १ मिटर भन्दा जग्गाधनीकाे आवश्यकता अनुसार उत्खनन् गर्न दिनु पर्ने, Period काे हकमा समयकाे सहजिकरण हुनु पर्ने, अनावश्यक धरकपट बन्द गरिनु पर्ने, वडाबाट सिफारिस भई सकेपछि नगरमा अनावश्यक झन्झट नगरि काम गर्नु पर्ने, सबै वडाकाे काम वाड अध्यक्ष एवं प्राविधिक स्वयम् वडामा हुने भएकाले वडाबाट काम हुनु पर्ने, स्थानिय सरकार हुदाँहुदै काजातमा बाेधार्थ हुने गरि प्रहरी, शसस्त्र प्रहरीलाई दिदा अनावश्यक तनाव दएकाले साे बाेधार्थ नदिनु हुन अनुराेध गर्ने, खाली तथा नचलेका ट्याक्टर एवं मेसिनलाई समेत राजस्व तिराउने काम भएकाले साे तत्काल बन्द गर्नु पर्ने तथा अनावश्यक राजस्व बापत लिएकाे रकम फिर्ता हुनु पर्ने, राेयल्टीमा पुनःविचार गरिनु पर्ने, पटके खारेज गरिनु पर्ने लगाएतका माग राखेकाे देवचुली टेक्टर व्यवसायी समितिकाे अध्यक्ष बाबुराम घिमिरेले वताउनुभयो ।
जवाफमा नगरपालिका प्रमुख श्रेष्ठले आफुहरु व्यवसायीकाे हकहितकाे पक्षमा रहेकाे र छिटाे भन्दा छिटाे व्यवसायीकाे माग सम्वाेधन गर्ने बताउनु भयाे । त्यस्तै उहाँले व्यवसायीहरु पनि कानुन सम्मत रुपमा आफ्ना साधनहरु सञ्चालन गर्न आग्रह गर्नुभयाे ।
