
नवलपुर ।
सानिमा लाईफ इन्स्योरेन्स कावासोती शाखाले कावासोतीका सापकोटा परिवारलाई मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कावासोती १३ बस्ने उमाकान्त सापकोटाको परिवारलाई मृत्यु दावी रकम अन्तर्गतको बिमा रकम हस्तान्त्रण गरेको हो । गत साउन २२ गते कोभिडको कारण भरतपुर अस्पतालमा मृत्यु भएका ५३ वर्षिय उमाकान्तको परिवारले पहिलो किस्ता ३२ हजार ४ सय ३४ रुपैयाँ मात्रै बुझाउनुभएको थियो ।
सानिमा लाईफ इन्स्योरेन्स कावासोती शाखामा उमाकान्तको श्रिमती टुका कुमारी सापकोटालाई चेक मार्फत ५ लाख २० हजार रुपैया हस्तान्त्रण गरिएको शाखा प्रमुख भानुभत्त पौडेलले जानकारी दिनुभयो ।
साथै कावासोती शाखाका मार्केटिङ अफिसर प्रशान्त चापागाईले जिवन विमा आवश्यक रहेको भन्दै जिवन रक्षाको लागी बिमा र बिमाको लागी सानीमा लाईफ ईन्स्योरेन्स रहेको बताउनुभयो ।
