नवलपुर ।
नवलपुरको नरम डाँडाका जनता राष्ट्रिय प्रशारण लाइनबाट बन्चित भएका छन् । जिल्लाको पहाडी भेग बौदिकाली गाउँपालिका ६ नरम डाँडा राष्ट्रिय प्रशारण लाइनबाट बन्चित हुँदा यहाँका १ सय २७ घरधुरी वर्षौदेखी अन्धकारमा बस्न बाध्य भएका छन् ।
। नरम डाँडा जिल्लाको पहाडी भेग हो । गाउँमा १ सय २७ घरधुरी छन् , यो १ सय २७ घरधुरीकै जनता अझैपनि विद्युत् सेवाबाट बञ्चित छन् । हालसम्म पनि राष्ट्रिय प्रशारण लाइनको विद्युत नपुग्दा यहाँका जनताहरु आफ्ना सन्ततीलाई पढाउन मात्र होइन अन्य विविध समस्या भोग्दै आएका छन् ।
जिल्लाको पहाडी भेगका जनताका घरघर राष्ट्रिय प्रशारण लाइनको विद्युत्को पहुँच नहुँदा उनीहरु पिडामय अवस्थामा छन् । चुनावका बेलामा मात्र विभिन्न आश्वासन देखाउने र अहिलेसम्म गाउँमा विद्युत नआउदा जनता स्तब्ध छन् । यता बौदीकाली गाउँपालिका ६ का वडाध्यक्ष मेन बहादुर थापाले अहिलेसम्म पनि आफुहरुले गाउँलाई अध्यारोमुक्त गराउन नसक्दा पिडा बोध भएको बताउनुभयो ।
नवलपुर सुगम जिल्ला भनिन्छ तर जिल्लाका पहाडी भेग बौदीकाली र बुलिङ्टार गाउँपालिका विकट क्षेत्रमा रहेका छन् । यहाँका नरम डाँडामा मात्र होइन अन्य स्थानमा पनि विद्युत्को पहुँच पुगेको छैन । वडा नम्बर ६ नरम डाँडामा विद्युत्का लागि तनहूँबाट ल्याउने कुराहरु अगाडि बढाएको बौदीकाली गाउँपालिका अध्यक्ष दुर्गा बहादुर रानाले बताउनुभयो । पहाडी भेगका जनता सोलार र टुकीकै भरमा रहेका छन् । स्थानीय तहको निर्वाचनमा विद्युतीकरणलाई प्रमुख एजेन्डा बनाएका स्थानीय तहका जनप्रतिनिधिहरुले अहिले अर्को चुनाव आउने बेला सम्म पनि विद्युत् आएको छैन ।