कावासोती ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु ) नवलपुरको बन्दसत्र अझै शुरु हुन सकेको छैन् । शनिबार शुरु भएको अनेरास्ववियु नवलपुरको २५ औं जिल्ला सम्मेलनले आइतबार दिउसो १ बजे सम्म अध्यक्ष मण्डल चयन गर्न सकेको छैन् । अर्को सुचना जारि नहुदा सम्मको लागी अनेरास्ववियु नवलपुरको बन्दसत्र स्थगित गरिएको छ । अध्यक्ष मण्डल चयनमा समस्या भएपछि नयाँ नेतृत्व छनौटको प्रक्रिया अगाडि बढ्न सकेको छैन् । नयाँ नेतृत्वका लागि निर्वाचनको सम्भावना नरहेको र अध्यक्ष मण्डलले नाम घोषणा गर्ने भएकाले अध्यक्ष मण्डल चयनमानै समस्या भएको छ । अध्यक्ष मण्डलले आफू अनकुल नाम घोषणा गर्न सक्ने आशंका उब्जिए पछि समस्या सिर्जना भएको हो । ‘अध्यक्ष मण्डलमा जो बलियो भयो त्यसैको समूहको नाम आउने देखियो , त्यसैले यसैमा कुरा मिलेको छैन्’ श्रोतले भन्यो ।
सहभागि सबै प्रतिनिधिले अध्यक्ष मण्डललाई सहज रुपमा स्वीकार्ने अवस्था समेत कमजोर बनेको छ । बिभिन्न पक्षमा बाँडिएका प्रतिनिधिले विद्यान अनुसारको निर्वाचन प्रक्रियामा जानुभन्दा पनि आफू अनकुल अध्यक्ष मण्डल तयार होस भन्ने दवाव दिँदा समेत समस्या भएको छ । पार्टीले समस्या समाधानका लागि ठोस पहल गर्नुपर्ने समेत प्रतिनिधिले धारणा व्यक्त गरेका छन् ।