भिम भुसाल, देवचुली
तेस्रो देवचुली महोत्सवको चौथो दिन दोहोरीको खम्बा ईन्द्रेणी टिम आउने भएको छ । दिन प्रतिदिन बढ्दै गएको रौनकलाई थप बढाउन दोहोरीको ईन्द्रेणी टिम देवचुली आउने भएको हो ।
स्थानिय तथा राष्ट्रिय कलाकारहरुले हरेक दिन प्रस्तुती दिईरहेको समयमा दोहोरीले मनोरञ्जन दिलाउन ईन्द्रेणी टिम तेस्रो देवचुली महोत्सवमा आउने छ । देवचुली उद्योग वाणिज्य संघका अनुशार हरेक दिन दर्शकको भिड बढ्दै गएको छ । स्थानिय ब्यापार पर्वद्धन तथा पर्यटनको आधार स्थापित गर्ने उदेश्य सहित सञ्चालन गरिएको महोत्सव अवलोकन गरिदिन समेत आयोजक कमिटिले अनुरोध गरेको छ ।
देवचुली उद्योग वाणिज्य संघको आयोजना तथा नव प्रगति युवा क्लवको सह आयोजनामा संचालित महोत्सवमा आज गायिका रचना रिमाल, बालचन्द्र बराल सहितका कलाकारको प्रस्तुती रहेको छ ।