देवचुली ।
फागुन १६ गते बाट संचालित तेस्रो देवचुली महोत्सवमा फागुन २१ गते शनिवारचर्चित गायिका ज्योती मगर आउने कार्यक्रम रहेको छ । आयोजकका अनुसार ज्योती मगर संगै चर्चित गायक रमेशराज भट्टराई संगै अन्य कलाकारहरुको समेत प्रस्तुति रहने छ । आयोजकले ज्योति मगरको प्रस्तुतिमा दर्शकको उल्लेख उपस्थिति रहने भन्दै सुरक्षा ब्यवस्था समेत चुस्त पारेको जनाएको छ ।
हिजो मात्रै लोक दोहोरी क्षेत्रको खम्बा ईन्द्रेणी टिमको महोत्सवमा प्रस्तुती रहेको थियो । त्यस्तै आज चर्चित गायक छेवाङ लामा, रबि रिमालसँगै स्थानिय कलाकारहरुको समेत प्रस्तुती रहेको थियो ।
देवचुली उद्योग वाणिज्य संघको आयोजना तथा नव प्रगति युवा क्लब र प्रगतिनगर बजार व्यवस्थापन समितिको सह आयोजनामा संचालित महोत्सव देवचुली १० प्रगतिनगर पावर हाउस पछाडि भैरहेको छ ।