देवचुली ।
राष्ट्रिय प्रजातन्त्र पार्टी देवचुलीको पार्टी कार्यालय उद्घाटन भएको छ । नगर अध्यक्ष तोप बहादुर सेनको अध्यक्षता तथा केन्द्रिय उपाध्यक्ष एंव सचिवालय प्रमुख हेम जंग गुरुङको प्रमुख आतिथ्यतामा देवचुली १३ सहारा चोकमा कार्यालय उद्घाटन भएको हो ।
कार्यालय उद्घाटन गर्दै उपाध्यक्ष गुरुङले नेपाललाई हिन्दु राष्ट्र बनाउन सवैले पहल गर्नुपर्ने बताउनुभयो । नेपाललाई धर्म निरपेक्षता नभई हिन्दु राष्ट्र बनाउन र कार्यकर्ता बनाउन जुट्नुपर्ने बताउनुभयो ।
साथैैैै कमल थापाले ४३ वर्ष सम्म राजाको आर्शिवाद लिएर पनि चुनावमा हारेपछी राजालाई गालि गर्दै पार्टि छाडेर गएको आरोप लगाउनुभयो । राजसंस्था विरुद्धमा वोल्नेलाई समर्थन नगर्ने भन्दै कमल थापाका गतिविधी प्रति आपत्ती जनाउनुभएको छ । कार्यक्रममा देवचुली भित्रका विभिन्न ब्यत्तिहरु राप्रपा प्रवेश गरेका थिए ।