देवचुली ।
तेस्रो देवचुली महोत्सवमा आज शनिवार १० हजार भन्दा धेरै दर्शकले अवलोकन गरेका छन् । देवचुली उद्योग वाणिज्य संघद्धारा आयोजना गरिएको महोत्सवमा चर्चित गायिका ज्योती मगरको गितमा रमाउनेहरुको घुईचो देखिएको छ ।दैनिक स्थानिय तथा ख्यातिप्राप्त राष्ट्रिय कलाकारहरुको प्रस्तुतीमा रमाउन दर्शकको घुईचो बढ्दै गएको छ ।
दर्शकको उत्साहले मोडल समेत रहेकी ज्योतीको क्रेज बढ्दै गएको छ ।
फाल्गुन १६ गते देखि सुरु भएको महोत्सवमा दैनिक रास्ट्रीय तथा स्थानिय कलाकारहरुले बेजोड प्रस्तुती राख्दै आएका छन् ।
देवचुली उद्योग वाणिज्य संघको आयोजना तथा नव प्रगति युवा क्लब र प्रगतिनगर बजार व्यवस्थापन समितिको सह आयोजनामा संचालित महोत्सव देवचुली १० प्रगतिनगर पावर हाउस पछाडि भैरहेको छ ।