भिम भुसाल, देवचुली ।
देवचुली नगरपालिका–९ मा रहेको बिशालटार खानेपानी तथा सरसफाई उपभोत्ता संस्थाको सातौँ अधिवेशनमा नेकपा एमाले सहभागी नबन्ने भएको छ ।
सहमती जुट्न नसकेपछी एमालेका तर्फबाट उम्मेद्वार बनेका १० जना उम्मेद्वारले उम्मेद्वारी फिर्ता लिएपछी कांग्रेस तर्फबाट उम्मेद्वारहरु निर्विरोध विजयी भएका छन् ।
प्रेश विज्ञप्ती जारी गर्दै नेकपा एमाले देवचुली ९ अध्यक्ष रामप्रसाद पन्तले खानेपानी जस्तो संवेदनशिल कुरामा निर्वाचन गरेर संस्थाको खर्च गर्न नचाहेको र सहमतिका लागि हदसम्म लचक भएर पटक पटक सर्वदलिय वैठक गर्दा समेत नेपाली काँग्रेसबाट सहमति हुँन नसकेकाले खानेपानी अधिवेशनमा नेकपा एमाले सहभागी नबन्ने बताउनुभयो ।
नेकपा एमालेका तर्फबाट अध्यक्ष पदका उम्मेद्वार चन्द्र बहादुर थापा, राम प्रसाद पन्त उपाध्यक्षमा टिकाराम भुसाल, सोमन सिँङ मगर, कोषाध्यक्षमा जितुमाया सिंजाली मगर, लेखा सदस्यमा ज्ञान प्रसाद खरेल, मनिषा दर्जि, र कार्य समिति सदस्य पदमा पुर्णचन्द्र पंगेनी, सुमित्रा दरै, गंगा तामाङले उम्मेद्वारी फिर्ता गरेका छन् ।
गठबन्धनको तर्फबाट उम्मेद्वार बनाउनुपर्ने अडान लिएका माओवादी तथा जसपाको केहि उम्मेद्वारले समेत उम्मेद्वारी फिर्ता लिएका छन् ।
माओवादी केन्द्रका तर्फबाट सचिव पदमा उम्मेद्वार रहेका तुलसीराम अर्यालले समेत उम्मेद्वारी फिर्ता लिनुभएको छ । नेपाली काँग्रेसका तर्फबाट उम्मेद्वारी दिएका केहि प्रतिनिधीले समेत पार्टीको निर्देशन अनुरुप उम्मेद्वारी फिर्ता लिएका छन् ।
नेकपा एमालेका सम्पुर्ण उम्मेद्वारहरुले उम्मेद्वारी फिर्ता लिएपछी अध्यक्ष पदका उम्मेद्वार रहनुभएका दुर्गा प्रसाद भुसालले समेत आफ्नो उम्मेद्वारी फिर्ता गर्नुभएको छ । सिंगो नेकपा एमालेसँगै माओवादी पार्टिका प्रतिनिधीलाई नसमेटी खानेपानी संस्थालाई जुन गतिमा चलाउनुपर्ने हो त्यो गतिमा संचालन गर्न नसकिने हुँदा सहमतीको लागि उम्मेदवारी फिर्ता गरेको भुसालले जनाउनुभयो ।
नेपाली काँग्रेस भने सहमती जुट्न नसकेपछी निवार्चन प्रकृया बाट नै नेतृत्व टुंगाउने अडानमा रहेको थियो । वडा सभापती कृष्ण बहादुर आलेका अनुशार चुनाव नै गर्नुपर्ने अवस्था आएपनी नेपाली काँग्रेस पछि नपर्ने जनाउनुभयो । अधिकांश उम्मेद्वारले उम्मेदवारी फिर्ता गरेपछी मोहन बहादुर आलेको नेतृत्वमा खानेपानीमा निर्विरोध नेतृत्व टुंगिएको छ ।