नवलपुर । मदन अर्याल
पेट्रोलियम पदार्थमा भएको मूल्यबृद्धी बिरुद्ध अनेरास्ववियु देवचुलीको बिरोध प्रदर्शन गरेको छ । सरकारले चरम रुपमा मुल्य बृद्धि गरेको र मुल्य बृद्धि तत्काल फिर्ता लिन माग गर्दै विरोध प्रदर्शन गरेको हो । अनेरास्ववियुले वहिबार साझँ देवचुली १३, दलदलेमा टायरबाली, मुल्य बृद्धि फिर्ताको माग गर्दै प्रदर्शन गरेको थियो । पछिल्लो समय दैनिक उपभोग्य सामाग्री एवं पेट्रोलियम पदार्थको मुल्य अत्याधिक रुपमा बृद्धी भएको र यसको नियन्त्रणमा सरकारले कुनै पनि ठोस कदम चाल्न नसकेको भन्दै विरोध प्रदर्शन गरिएको अनेरास्ववियु देवचुली सचिव सुजन भुसालले जानकारी दिनुभयो ।
कार्यक्रममा बोल्दै अनेरास्ववियु सचिवालय सदस्य सागर न्यौपानेले गठबन्धन सरकार भ्रष्ट्रचारमा लागेको, चरम रुपमा मुल्य बृद्धि हुँदा पनि अन्य दलका भातृसंगठनहरु मौन रहेको आरोप लगाउनु भयो । उहाँले एमाले सरकारको पालोमा मुल्य बृद्धि हुँदा पनिविरोध प्रदर्शन गरेको स्मरण गर्दै अनेरास्ववियु जस्तोसुकै परिस्थितिमा जनताको मुद्दा नछाडेकाले अब हुने निर्वाचनमा नेकपा एमालेलाई जनताले अत्याधिक बहुमतले विजय गराउने विश्वास व्यक्त गर्नु भयो ।
त्यस्तै अनेरास्ववियु देवचुली अध्यक्ष शिशिर गैह्रेले सरकारले मुल्य बृद्धि तत्काल फिर्ता नलिए थप संघर्षका कार्यक्रमहरु अगाडि बढाउने चेतावनी दिनु भयो । उहाँले अहिलेको सरकारलाई ठगबन्धनको संघ्या दिदै राष्ट्रियता, विकास र समृद्धीका लागि अव हुने तिनै तहको निर्वाचनमा एमालेलाई विजय गराउनु पर्ने धारणा व्यक्त गर्नु भयो ।
विरोध प्रदर्शन कायक्रममा अनेरास्ववियु सचिवालय सदस्य सागर न्यौपाने, अनेरास्ववियु देवचुली अध्यक्ष शिशिर गैरे, सचिव सुजन भुसाल, नगर सदस्य अर्मान मियाँ, अनेरास्ववियु पुर्व के।स। प्रकास काफ्ले , सौगात भुसाल लगाएतको उपस्थीति रहेको थियो ।