गैडाकोट । गैडाकोट नगरपालिका वडा नम्वर–८ को वडा कार्यालय भवन र आधारभूत स्वास्थ्य इकाईको आज (आइतबार) उद्घाटन गरिएको छ । गैडाकोट नगरपालिकाका प्रमुख छत्रराज पौडेलले एक कार्यक्रमका विच दुवै भवनको उद्घाटन गर्नुभएको हो ।
सो अवसरमा बोल्दै प्रमुख पौडेलले जनताको सेवा जनताको घर आगनबाटै गर्ने नगरपालिकाको योजना अनुरुप वडा कार्यालय र स्वास्थ्य इकाई वडाबाटै संचालन गरिएको बताउनुभयो । उहाँले नगरपालिकाका ३ वटा वडा बाहेक सबै वडाका सेवा आफ्नै वडाबाट संचालनमा रहेको बताउनुभयो । उहाँले भन्नुभयो,‘जनताको घर आगनबाट सेवा प्रदान गर्नुपर्छ भन्ने हाम्रो मान्यता हो, धेरै भन्दा धेरै जनताको सेवा गर्नु हाम्रो दायित्व हो ।’
उहाँले निजामती ऐन संघ र प्रदेश सरकारमा यथास्थितिमा रहेका कारण कर्मचारी समायोजन र व्यवस्थापनमा समस्या भएको बताउनुभयो । एउटै कर्मचारीले ३ वटा वडासम्मको काम गर्नुपर्ने बाध्यता रहेको उहाँको भनाई छ ।
उहाँले पाँच बर्षको अवधिमा नगरपालिकाले सोचे भन्दा बढि काम गर्न सफल भएको बताउनुभयो । ‘विद्युतिकरणका काम सम्पन्न ग¥यौं । नगर अस्पताल निर्माण र वडा तहमा स्वास्थ्य इकाई निर्माण गरेका छौं,उहाँले भन्नुभयो । पौडेलले शैक्षिक क्षेत्रमा पनि उल्लेख्य उपलब्ध हाँसिल गरेको बताउनुभयो । विद्यालयमा खाजा कार्यक्रम र छात्रबृती कार्यक्रमबाट सयौं विद्यार्थी लाभाम्भित भएको धारणा राख्नुभयो । यो अवधिमा नगरपालिकाभित्र ५० किलोमिटर बढि सडकमा कालोपत्रे भएको बताउनुभयो । २ बर्ष कोरोनाको महामारिका विच पनि नगरपालिकाको यो नेतृत्वले गल्ती ग¥यो भन्ने ठाँउ नराखेको बताउनुभयो ।
कार्यक्रममा बोल्दै उपप्रमुख विष्णु कँडेल सापकोटाले कर्मचारीलाई चुस्त र पारदर्शी रुपमा वडाबाट सेवा प्रदान गर्न निर्देशन दिनुभयो । प्रमुख प्रशासकिय अधिकृत मुक्तिराम रिजालले कर्मचारीको अभावका बिचपनि जनताको सेवामा कुनै कमी हुन नदिएको बताउनुभयो । उहाँले नयाँ भवनबाट सेवा दिन पाउँदा खुसी लागेको बताउनुभयो ।
कार्यक्रममा भवन निर्माण सम्पन्न गर्न सहयोग पु¥याउने टोल विकास संस्था,स्थानिय,राजनैतिक दलका नेता कार्यकर्ता सबैलाई वडाध्यक्ष डिलाराम रिजालले धन्यबाद ज्ञापन गरिएको थियो । भवनको वाल निर्माण,मर्मत र डेकोरेशनमा १७ लाख ९५ हजार खर्च भएको उहाँले जानकारी दिनुभयो । त्रिनेत्र प्रतिष्ठानको भवनलाई वडा मातहत लिएर वडा कार्यालय संचालन गरिएको हो ।