मदन अर्याल, देवचुली ।
देवचुली नगरपालिकामा टाइफाइड विरुद्धको खोप अभियान कार्यक्रम संचालन हुने भएको छ । यहि चैत २४ गते देखी ३० गते सम्म १५ बर्ष मुनिका बालबालीकाहरुलाई टाइफाइड विरुद्ध खोप दिने भएको हो ।
आइतबार स्वास्थ्य शाखा देवचुलीले टाइफाइड रोग बिरुद्धको खोप अभियान तथा नियमित खोपमा टाईफाईड खोपको सुरुवात सम्बन्धि पालिका स्तरिय अभिमुखिकरण कार्यक्रम राखि खोप बारे जानकारी गराएको थियो ।
कार्यक्रममा बोल्दै स्वास्थ्य शाखा देवचुलीका प्रमुख रामकुमार श्रेष्ठले यो तिब्ररुपमा फैलने सरुवा रोग भएको बताउनु भयो । उहाँले नेपालमा यो रोगको बिरामी दर तेस्रो एवं अस्पताल भर्ना हुने दरमा चौथो रहेकाले यो रोगबाट बाच्न सतर्कता अपनाउनु पर्ने बताउनु भयो । श्रेष्ठका अनुसार नेपाल सरकारले टाइफाइड बिरुद्धको खोप २०१२ मा नै घोषणा गरे पनि विविध कारणले रोकिएको बताउदै २०२२ बाट पुनः खोप अभियान शुरु भएको जानकारी दिनुभयो ।
यो अभियानबाट देवचुली नगरपालिका भित्रका करिब १७८०३ बालबालीकाले टाइफाइड बिरुद्धको खोप लगाउने छन् ।
स्वास्थ्य शाखाले खोप सहजिकरणकालागि देवचुली नगरपालिका भित्र रहेका निजि तथा सार्वजनिक सम्पूर्ण विद्यालयहरु संँग समन्वयन गरिने बताएको छ । शाखाले पालिका भित्र रहेका १७ बटै विद्यालयमा खोप केन्द्र तोकेको छ भने खोप संचालन हुने मिति पनि छुट्टाछुट्टै तोकेको छ ।
त्यस्तै स्वास्थ्य शाखाले खोप अभियानमा सहयोग गर्न नगर भित्रका सम्पूर्ण संघ संस्था, आमा समुह, क्लब एवं सम्पूण नागरिकलाई अनुरोध गरेको छ ।
खोप केन्द्र तोकिएका विद्यालयहरु