ज्ञानु पंगेनी,
नेकपा एकीकृत समाजवादी नवलपुरका पार्टी जिल्ला सचिवालय सदस्य एवम् युवासंघ नवलपुर सह इन्चार्ज प्रेम प्रसाद भट्टले पार्टीबाट राजिनामा दिनुभएको छ ।
उहाँले शुक्रबार पार्टी अध्यक्षलाई राजिनामा पत्र लेखेर आफू आजैका दिनदेखि पार्टीको साधारण सदस्य समेत नहरने गरि पार्टीको सम्पूर्ण पद र जिम्मेवारीबाट राजिनामा गरेको जानकारी गराउनुभएको हो । उहाँले आफू विगत लामो समयदेखि बाम राजनीतिमा होमिएको र नेकपा एमालेमा आबद्ध भएर सक्रिय रुपमा लाग्दै आएको , एमाले विभाजन पछि माक्सवाद र लेनिनवाद अनुसार समाजको आधार तयार गर्न भनी एकीकृत समाजवादीमा गएको तर , पछिल्लो समय एकीकृत समाजवादी पार्टी उर्पयुक्त सैद्धान्तिक पक्षमा बिचलित र दिग्भ्रमित भएको महसुस गरेकाले पार्टीबाट राजिनामा दिएको उल्लेख गर्नुभएको छ ।