मदन अर्याल, देवचुली ।
लामो समय देखि मृगौला फेल भई उपचाररत देवचुली ९ कि सरिता सुनारको उपचारकोलागि एक दिन एक रुपैँया अभियानले आर्थिक सहयोग गरेको छ । बुधवार देवचुली नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष मेख बहादुर सारुको उपस्थितिमा सरिता सुनारका भाईलाई नगद रु पचास हजार पाँच सय पचास रुपैयाँ सहयोग गरेको हो ।
अभियानले देश तथा विदेश रहेका नेपालीहरुबाट रकम संकलन गरि सहयोग गरेको संस्थाका संयोजक सौगात भुसालले जानकारी दिनु भयो । उहाँले एक दिन एक रुपैया गरिव तथा असाहायहरुको लागि स्थापना गरिएको बताउँदै यस अभियानमा जोडिनकालागि सम्पूर्णलाई आग्रह पनि व्यक्त गर्नु भयो ।
त्यस्तै सहयोग कार्यक्रममा बोल्दै वडा ९ का अध्यक्ष सारुले आर्थिक अवस्थाका कारण उपचारमा कठिनाई भएको परिवारलाई सहयोग गरेकोमा धन्यवाद व्यक्त गर्नु भयो । उहाँले एक दिन एक रुपैँया अभियानले गरेका कार्यहरुको प्रशंसा गर्दै आफु पनि यस अभियानमा बताउनु भयो ।
कार्यक्रममा गोमनसिं खानेपानी देवचुली ८ र ९ का अध्यक्ष, अभियानका देवचुली नगर कमिटि संयोजक भरत थापा, सुनिल भुसाल लगाएतको उपस्थीति रहेको थियो ।