देवचुली, मदन अर्याल ।
विहिवार (भोली) राष्ट्रिय क्रिकेट टोलिका कप्तान सन्दिप लामिछाने देवचुलीमा आउने भएका छन् । देवचुली नगरपालिका वडा नं. १० मा संचालनमा आउन लागेको रोयल क्रिकेट ऐकेडेमीको उद्घाटनको लागि लामिछाने आउने भएका हुन् । गण्डकी प्रदेश क्रिकेटका क्याप्टेन विशाल पौडेल लगाएतका कृकेट खेलाडिहरुको लगानिमा करिव दुइ विगाहा क्षेत्रफलमा कृकेट एकेडेमी संचालनमा ल्याउन लागिएको हो । संचालकले
भोलि हुने उद्घाटन कार्यक्रममा उपस्थीतिको लार्गि क्रिकेट प्रेमि तथा सम्पूर्ण नगरवासीलाई अनुरोध पनि गरेको छ । उद्घाटन कार्यक्रम १ः०० बजे नेपाली राष्ट्रिय क्रिकेट टोलिका कप्तान सन्दिप लामिछानेको प्रमुख आतिथ्यता रहने छ ।