नवलपुर ।
नवलपुरकाे कावासाेती-११ कुडाैलीमा कामना सेवा विकास बैंककाे शाखा रहित बैंकिङ सेवा संचालनमा आएकाे छ । बैंकिङ सेवालाई प्रवावकारी एवं दुरदराजमा रहेका हरेक सेवाग्राहीलाई छिटाे छरिताे र सहजै रूपमा सेवा उपलब्ध गराउने उद्देश्यका साथ शाखा रहित बैंकिङ सेवा सुचारू गरिएकाे हाे । कार्यक्रमकाे अध्यक्षता chitwan regional head सुरेन्द्र भण्डारी गर्नुभएकाे थियाे भने प्रमुख अतिथिकाे रूपमा कावासाेती ११ का नवनिर्वाचित वडा अध्यक्ष सारदा प्रसाद अधिकारी रहनु भएकाे थियाे ।
कार्यक्रममा बाेल्दै वडाध्यक्ष अधिकारीले कावासाेती ११ कुडाैलीमा शाखा रहित बैंक संचालनबाट यहाँका स्थानियहरुलाई सहज हुने बताउनु भयाे । अधिकारीले कुडाैलीमा बैंकिङ सेवा सुचारू हुदाँ जंगल पार गरि कावासाेती पुग्नु पर्ने समस्या समाधान हुने विश्वास व्यत्त गर्नु भयाे । उहाँले कुडाैलीमा बैंकिङ सेवा सुचारुहुदाँ समृद्ध वडा निर्माणमा सहयाेग पुग्ने र बैंकलाई आवश्यक सहयाेग गर्न जनप्रतिनिधिकाे तयार रहने बताउनु भयाे ।
कार्यक्रममा बाेल्दै chitwan regional head भण्डारीले कामना सेवा विकास बैंकले हाल सम्म देश भरि १० वटा शाखा रहित बैंकिङ सेवा संचालन गरि सकेकाे र याे नवलपुरकाे पहिलाे तथा देशकाे ११ औं शाखाकाे रूपमा संचालनमा आएकाे जानकारी दिनुभयाे । उहाँले यस शाखा रहित बैंकिक सेवाबाट बैंक बाट प्राप्तहुने सम्पूर्ण सेवा सुविधा प्राप्त गर्न सकिने साथै खानेपानि, विधुत, रिचार्ज लगाएतकाे सेवा उपलब्ध हुने बताउनु भयाे । त्यस्तै उहाँले लकर सुविधा, व्यवसायीक कर्जा, कृर्षि कर्जा , रकम झिक्ने, राख्ने लगाएतकाे सेवा उपलब्ध हुने बताउनु भयाे । कार्यक्रममा मध्यनेपाल साकाेस सेवाकेन्द्र ईन्चार्ज चाेवाकला टंडन, समाजसेवी, बुद्धिजीवी, जन प्रतिनिधि, कामना सेवा बिकास बैंक कावासाेती, प्रगतीनगरका शाखा प्रमुख, कर्मचारी लगायत स्थानियहरुकाे उपस्थिति रहेकाे थियाे । कामना सेवा विकस बैंक, बेल्डिहवाका शाखा प्रमुख प्रदिप रेग्मीले कार्यक्रम संचालन गर्नुभएकाे थियाे ।