डि आर क्षेत्री , देवचुलि
देवचुलि नगरमा शिसवार पर्यटकिय गन्तव्य घाेषणाका लागि आज (असार ४ ) सिसवार मध्यवर्ती उपभोक्ता समितिकाे आयाेजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । अन्तरक्रिया कार्यक्रममा देवचुलि नगरपालिकाका नगर प्रमुख हरि प्रसाद न्याैपाने प्रमुख अतिथि रहनुभएकाे थियाे ।
नगर प्रमुख न्यैपानेले कार्यक्रममा वाेल्दै सिसवार पर्यटकिय क्षेत्र घाेषणा कार्यक्रमका लागि वजेट व्यवस्थापन आफ्नाे प्रमुख एजेन्डा रहेकाे वताउनु भएको थियाे । निकुञ्ज तटमा बसाेवास गर्ने नागरिककाे सुरक्षाका लागि कंक्रिट सहितको मेष जालि र साेहि स्थानवाट पर्यटकिय मार्ग निर्माणका लागि नगरसभामा पेश गर्ने वचन समेत व्यक्त गर्नुभएको थियाे ।
हाल नगरपालिका भित्र दुई वटा हाेमस्टेहरु सञ्चालन तथा निर्माणाधिन अवस्थामा रहेका छन् । देवचुलिकाे तिर देखि नारायणिकाे तिर सम्म रहेका हरेक जात जातिकाे अपनत्व रहने गरि कला संस्कृतिकाे संरक्षणमा वडा र नगरले आवश्यक वजेट व्यवस्थापन गरि कार्यक्रम सञ्चालन गर्नुपर्ने वक्ताहरुले वताएका थिए । मध्यवर्ती क्षेत्रकाे विकास निर्माण र दिगाे विकासमा निकुञ्ज प्रसासनले हातेमालाे गरि सहकार्य गर्नुपर्ने वक्ताहरुले वताएका थिए । नगर भित्र मध्यवर्ती क्षेत्रमा पर्ने वडाका वडाअध्यक्षहरु , समितिका पुर्व अध्यक्षहरु , लेखा समितिका पदाधिकारिहरु , सल्लाहकारहरु , हाेमस्टे व्यवसायि , निकुञ्ज कर्मचारि तथा नेपाली सेनाकाे सहभागिता रहेकाे थियाे । पर्याप्त वजेट अभावका विच वडा भित्र गर्न सकिने पर्यटकिय गतिविधि तथा समग्र नगरले गर्न सक्ने कार्यक्रमका विचमा छलफल गरिएको थियाे ।
प्रस्तावित सिसवार पर्यटकिय गन्तव्य नगरकाे सात वटा वडाहरु पर्दछन् भने सात वटा सामुदायिक वनहरु रहेका छन् साे अन्तरगत रहेकाे क्षेत्रमा एक सिंगे गैडा , पाटे वाघ , भालु , घडियाल गाेहि , हरिण , मृग लगायतका वन्यजन्तुको राम्राे वाससस्थान रहेकाे छ । समितिका सचिव मनहरि पाैडेलकाे स्वागत मन्तव्यरहेकाे कार्यक्रमकाे अध्यक्षता सिसवार मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष नेत्र वहादुर पाण्डे रहनुभएकाे थियाे भने सञ्चालन कार्यालय सचिव सत्यराज अधिकारिले गर्नुभएको थियाे । कार्यक्रमकाे सुरुहुनुभन्दा पुर्व स्थलगत निरिक्षण तथा अनुगमन समेत गरिएकाे थियाे ।