देवचुली । मानव अधिकार एवं कैदी बन्दी न्यायिक सराेकार मञ्च नवलपुरकाे नवनिर्वाचित कार्यसमितिकाे परिचयात्मक कार्यक्रम सम्पन्न भएकाे छ । मञ्चले साउन १६ गते नवलपुरमा गाैरिश्वर न्याैपानेकाे अध्यक्षतामा कार्यसमिति निर्माण गरेकाे थियाे ।
मंगलबार मानव अधिकार एवं कैदी बन्दी न्यायिक सराेकार मञ्चकाे केन्द्रिय बरिस्ठ उपाध्यक्ष दामाेदर ढकाल एवं केन्द्रीय उपाध्यक्ष लक्ष्मी कुमारी खाँडकाे उपस्थितिमा परिचयात्मक एवं सम्मान कार्यक्रमकाे आयाेजना गरिएकाे थियाे ।
त्यस्तै कार्यक्रमा नवनिर्वाचित कार्यसमिति सदस्यहरूलाई मानव अधिकार एवं कैदी बन्दी न्यायिक सराेकार मञ्चकाे परिचय पत्र र ज्याकेट वितरण गरिएकाे थियाे ।
कार्यक्रममा बाेल्दै बरिष्ठ उपाध्यक्ष ढकालले नवलपुरमा कार्यसमिति बनेकाेमा शुभकामना व्यत्त गर्दै मानव अधिकार संरक्षणकालागि दृढता पुर्वक लाग्न आग्रह गर्नु भएकाे थियाे । त्यस्तै नवनिर्वाचित अध्यक्ष न्याैपानेले नवलपुरमा मानव अधिकार एवं कैदी बन्दी न्यायिक सराेकार मञ्चकाे स्थापनाले अन्याय, अत्याचारमा परेका पिडितहरूकाे न्यायका लागि दृढता पुर्वक लाग्ने र कुनै पनि समस्या भए आफुहरुलाई सम्पर्क गर्न अनुराेध पनि गर्नु भएकाे थियाे । त्यस्तै न्यायका निम्ति याे संस्था निरन्तररूपमा अगाडि बढ्ने प्रतिबद्धता व्यत्त गर्नुभएकाे थियाे ।