
अर्मान मियाँ , नवलपुर
अनेरास्ववियु देवचुली नगर कमिटीले आज देवचुली नगरपालिका, नगर शिक्षा अधिकृत राम प्रसाद शर्मालाई ध्यानाकर्षण पत्र बुझाएको छ । मिति २०७० श्रावण ३० गते जनज्योतिम मा.वि देवचुली नगरपालिकाको चलानी नं. २६ को प्रेस विज्ञप्तिको विषयमा ध्यानाकर्षण पत्र बुझाएको हो । हाल मध्यविन्दु बहुमुखी क्याम्पस कावासोतिमा कक्षा ११ मा अध्ययनरत छात्रा पुजा पराजुलीलाइ हेटौंडा जेसिसद्वारा आयोजित सांस्कृतिक सम्पदाको संरक्षण, नयाँ पुस्ताको योगदान विषयक राष्ट्रव्यापी वक्तृत्वकला प्रतियोगितामा उत्कृष्ट स्थान हासिल गरेकोमा बधाइ दिएको कारण देखाइ जनज्योति मा.विले विज्ञप्ति जारी गरेको थियो । उक्त विद्यार्थी कक्षा १० सम्म जनज्योति मा.विमा अध्ययनरत भएको र विद्यालयले ग्रेडसिट र चारित्रिक तथा स्थानान्तरण प्रमाण पत्र नदिइकन अन्य विद्यालयको विद्यार्थी नहुने भनि विज्ञप्ति जारी गरेको थियो ।
पुजा पराजुलीको नाममा निकालिएको विज्ञप्तिका कारण उनिमाथी भएको अन्याय मानसिक यातनाका विरुद्वमा जनज्योति मा.वि र मध्यविन्दु बहुमुखी क्याम्पसलाई तत्काल नगरपालिका झिकाइ छलफल र यस घटनालाई छानविन गर्नका लागि देवुचली नगरपालिका शिक्षा शाखालाइ ध्यानाकर्षण पत्र बुझाएको हो ।

विद्यार्थीले आफुले इच्छाएको विषय र कलेजमा पढ्न पाउने अधिकारलाई अंकुश लगाउने र उनिहरुको प्रगतिको बाधकका रुपमा प्रस्तुत हुने शैलीबाट विज्ञप्ति आए पश्चात आफुहरुले प्रेस विज्ञप्ति साथै ध्यानाकर्षण पत्र बुझाएको अनेरास्ववियु देवचुली नगर कमिटीका कार्यवाहक अध्यक्ष निशान्त न्यौपानेले जानकारी दिनुभयो ।