नेपाली कांग्रेसका नेता प्रदीप गिरिको निधन भएको छ । शनिबार राति उनको मेडिसिटी अस्पतालमा उपचारका क्रममा निधन भएको हो । घाँटीको क्यान्सरबाट पीडित उनको सोही अस्पतालमा उपचार हुँदै आएको थियो ।
अस्पतालले गिरिको निधन भएको पुष्टि गर्दै भनेको छ, ‘उहाँको अहिले राति निधन भएको छ। डाक्टरले घोषणा गर्नुभएको छ । थप कुरा परिवारले भन्नु होला ।’