
प्रितम भुजेल
नवलपरासी भाद्र ९ प्रगतिनगर पशुपती विउ आलु उत्पादन कृषक समुह देवचुली १४ र १५ प्रगतीनगरको सातौं साधारण सभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ । कार्यक्रममा आर्थिक प्रतिवेदन कोषाध्यक्ष जगन्नाथ पोख्रेल प्रस्तुत गर्नु भएको थियो भने,समुहको प्रतिवेदन सचिव तुलराम भट्टराई र कार्य परीयोजना प्रस्ताव प्रतिवदेन अध्यक्ष बलराम पोख्रेल ले प्रस्तुत गर्नु भएको थियो । समुहका अध्यक्ष बलराम पोख्रेल को अध्यक्षता तथा देवचुली १५ का वडा अध्यक्ष शुरेस कुमार रानाभाट को प्रमुख आतिथ्यता रहेको कार्यक्रममा कारीतास नेपाल गैडाकोटका कार्यक्रम संयोजक राजन राई , कृषि सेवा केन्द्र रजहरका प्राविधिक सरस्वति गौतम ,भिम ब. बुढा देवचुली ब स सं लि का व्यवस्थापक नारायण पाण्डे जन प्रतिनिधी मानकुमार श्रेष्ठ ,प्रेम प्रसाद खनाल देवचुली १५ का निवर्तमान वडा अध्यक्ष हरिभक्त भट्टराई लगाएतको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन समूहका लेखा तथा सुपरीवेक्षण समिति का संयोजक प्रितम भुजेलले गर्नु भएको थियो । यसै बिच तेस्रो अधिवेशन ले ९ सदस्यिय कार्यसमिति चयन गरेको छ । बलराम पोख्ररेलको अध्यक्षतामा ९ सदस्यिय कार्यसमिति चयन गरीएको हो । जसको उपाध्यक्षमा लिलाधर अधिकारी,सचिव महेस रानाभाट ,सह सचिवमा पार्वती रानाभाट,कोषाध्यक्षमा तुलसी प्रसाद खनाल लाई चयन गरेको छ । यस्तै सदस्यहरुमा, चन्द्रि रानाभाट ,ठाकुर प्रसाद काफ्ले ,जीतु पौडेल,पुष्पा अर्याल लगाएत रहनु भएको छ । त्यस्तै भेलाले प्रितम भुजेको संयोजकत्वमा ३ सदस्यिय लेखा समिति समेत चयन गरीएको छ । जसको सदस्यमा ठाकुर प्रसाद खनाल तुलाराम भट्टराई रहनु भएको छ । यसै बिच बृहत आलु बाली। बेमौसमी तरकारी खेती सिजनेवल प्याज खेती र आधुनिक मकै खेती परीयोजना संचालनको लागि आलु पकेट क्षेत्र संचालन कार्यक्रम मकैवाली संचालन कार्यक्रम र मौसमी तथा बेमौसमी तरकारी बाली संचानका का निमित्त कारितास नेपाल र कृषि विकास शाखा रजहर संग हातेमालो र सहकार्य मा अगाडी बढ्ने उद्घोषका साथ सातौं साधारण सभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ ।
