नेपाली कांग्रेस कपिलवस्तु क्षेत्र नः २ को प्रदेश (क) को बैठक सम्पन्न भएको छ ।
बैठकले क्षेत्र नः २ को सघंको उम्मेदवारका लागी सुरेन्द्रराज आचार्यको नाम सिफारिस गरेको छ । आर्चाय नेपाली कांग्रेसका निवर्तमान जिल्ला सभापति हुन ।
यद्यपि बिधानमा सघंको उम्मेदवारका लागी कांग्रेसमा क्षेत्रीय समितिलाई नाम सिफारिस गर्ने मात्रको जिम्मेवारी दिएको छ ।
साथै बैठकले प्रदेश सभा सदस्य कपिलवस्तु क्षेत्र न: २ (क) का लागी बिक्रम सिंह थापाको एकल नाम सिफारिस गरेको छ भने समानुपातिक तर्फ मिना केसि र जवारलाल थारुको नाम सिफरिस गरेको स्रोतले जानकारी दिएकाे छ ।