लायन्स क्लव अफ देवचुली दिव्यद्वारा एक्स्टेन्सन गरिएकाे नवलपुर क्षेत्रका चिकित्सकहरु मात्र सदस्य रहेकाे लायन्स क्लव अफ डक्टर्स नवलपुर स्थापना भएकाे छ । जसमा २० जना चिककित्सकहरू रहनु भएकाे छ । क्लवकाे अध्यक्ष डा. कमलराज न्याैपाने, प्रथम उपाध्यक्ष डा. अर्जुन महताे, सचिव डा. सुसिता अधिकारी र काेषाध्यक्षमा डा. विवेक अधिकारी हुनु हुन्छ । क्लवकाे एक्स्टेन्सन चियर पर्सन ला. निरज सापकाेटा र ला. विष्णु प्रसाद कंडेल हुनु हुन्छ भने क्लवकाे गाईडिङ लायनमा ला. हाेमनाथ जैशी र ला. चाेकनारायण काफ्ले रहनु भएकाे छ । लायनवादमा प्रवेश गरेनुहुने चिकित्सकहरुलाई लायनवाद सम्बन्धि सहजिकरण डिष्ट्रिक ३२५ आरका डिष्ट्रिक चिफ ला. हाेमनाथ जैशिले गर्नु भएकाे थियाे भने कार्यक्रमकाे अध्यक्षता ला. निरज सापकाेटाले गर्नु भएकाे थियाे ।
त्यस्तै कार्यसमितिमा डा. प्रसान्त श्रेष्ठ, डा शन्हया रेग्मी, डा. प्रदिप अधिकारी, राजु सिह, डा. विशाल चापागाईं, डा. ओम शंकर यादव अधिकारी, डा. सुसन अधिकारी, डा. सराेज सिलवाल, डा. अर्चन घिमिरे, डा. अमृत भट्टराई, डा. विवेक शर्मा, डा. कपिल लामिछाने, डा. राम कृष्ण यादव, डा. रणविर यादव, डा सुदर्शन राजथला र डा. निकिता पिया रहनु भएकाे छ ।