अर्मान मियाँ नवलपुर,
नेकपा(एमाले) निकट भातृसंगठन लोकतान्त्रिक आदिवासी जनजाति महासंघ, नेपालको देवचुली नगरपालिकाको दलदलेमा समपन्न प्रथम देवचुली नगरपालिका स्तरीय अधिवेशनबाट लोकतान्त्रिक आदिवासी जनजाति महासंघ,नेपालकाे देवचुली नगर कमिटीमा रिल कुमारी तामाङलाई चयन गरिएकाे छ ।
कार्यक्रमको अध्यक्षता लोकतान्त्रिक आदिवासी जनजाति महासंघ, नेपाल, जिल्ला कमिटी नवलपुरकाअध्यक्ष टंकप्रसाद आले मगर र प्रमुख अतिथि लोकतान्त्रिक आदिवासी जनजाति महासंघ, नेपाल गण्डकी प्रदेशका उपाध्यक्ष छविलाल महत्तोले गरेका थिए ।
कार्यक्रममा बोल्दै महत्तोले सामाजिक न्याय सहितको समतामूलक समावेशी, पछि पारिएका समुदायलाई माथि उकास्न, समावेशी सहभागीता प्रतिस्पर्धामा आउन नसकेका लाई समानुपातिक बाट ल्याउन यस संगठनको आवश्यक रहेको बताए भने २०६२/०६३ पश्चात् आदिवासी जनजातिलाई युज एण्ड थ्रोको अवस्थाको अन्त्य गर्नु वर्तमान आवश्यकता बताएका थिए । त्यस्तै एमालेको पार्टी सदस्य र जनजातिको नेता सदैव थेप्चे नाक र चुच्चे नाक विचको विभेद हटाउने काममा लाग्नुपर्ने र जनजाति जाल-झेल र छलकपट जान्दैनन् इमानदार भएर पार्टीको काम गर्ने भएको र देशमा ३६ प्रतिशत र गण्डकी प्रदेशमा ५० प्रतिशत रहेका आदिवासी जनजातिलाई आगामी प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले अवसर प्रदान गर्नुपर्ने र त्यसका लागि संगठन सधै घचघचाइरहने बाचा गर्दै आगामी निर्वाचनमा सम्पूर्ण आदिवासी जनजातिहरूले नेकपा(एमाले) लाई भोट दिएर बहुमतका साथ आफुहरू सरकारमा जाने बताए ।
लोकतान्त्रिक आदिवासी जनजाति महासंघ , नेपाल देवचुली नगर कमिटीको प्रथम नगर अधिवेशन बाट निर्वाचन कमिटी नामावली यसप्रकार रहेको छ ।
अध्यक्ष – रिल कुमारी तामाङ
उपाध्यक्ष – सरस्वती श्रेष्ठ
उपाध्यक्ष – नारायण घले
सचिव – लालबहादुर चौधरी
कोषाध्यक्ष – जयबहादुर थापा
सदस्यहरू ओम बहादुर बाचे मगर, गणेश थापा, ओम बहादुर थापा, सुर्य नारायण श्रेष्ठ, गिता देवि बोटे, नारायण कुमाल, लक्ष्मि खोज्वार, टीका महत्तो, बालकृष्ण बराल मगर, देविमाया पुलामि मगर, धन बहादुर घर्ती मगर, कुश्मा गुरौँ महत्तो, गिता श्रेष्ठ, थमन वान्टकि, गिता राना, नन्द बहादुर गुरूङ, हिरा लामा, रोमति ठाडा, गौमाया थापा, अमृता दरै, सपना बोटे र मिना थापा रहेका छन ।