राष्ट्रिय स्वतन्त्र पार्टी बाट झिनो मतान्तरले नवलपुर क्षेत्र नं. १ प्रतिनिधि सभा सदस्यमा उपविजेता बनेका राजन गौतमले नवलपुर जिल्लाकाका स्थानिय तह पार्टी भर्तीकेन्द्र भएको बताएका छन । उनले पालिकाहरुमा करार कर्मचारी नियुक्ति गर्दा आफ्ना पार्टीका कार्यकर्ता भर्ना गरेको बताएका हुन । यहाँका वडा कार्यालय देखि पालिका सम्म नै कर्मचारी नियुक्ति गर्दा क्षमता , योग्यता र बिना प्रतिस्पर्धा कर्मचारी नियुक्ति गरेको सुन्नमा आएको भन्दै सत्यतथ्य छानबिन गरि जनताको सामु ल्याउने बताए । साथै नवलपुरका पालिकाहरुमा यस्ता खालका गलत बाटोबाट कर्मचारी नियुक्ति गरिएको थाह भए जानकारी गराउन अनुरोध समेत गरेका छन ।
राष्ट्रिय स्वतन्त्र पार्टी बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार बने सँगै आगामी जिवन सक्रिय राजनीति गर्ने उनको पूर्व उद्घोष अनुरुप यो उनको पहिलो कामको रुपमा आम जनताले लिने गरेको र जनताले अघि बढ्न हौसला समेत दिएका छन । आज बिहान फेसबुक मार्फत जनताको सामू पालिकालाइ पार्टी भर्ती केन्द्र बनाउन रोक्ने गरि स्टाटस राखेका हुन ।