अर्मान मियाँ नवलपुर ,
आप्रवासी कामदार हकहित संरक्षण मञ्च नवलपुर र हिमालयन सामुदायिक विकास मञ्च(हिकोडेफ)को आयोजनामा “वैदेशिक रोजगारीबाट प्राप्त सीप , पुँजी र ज्ञान: उद्यमशीलता , रोजगारी र राष्ट्रिय स्वाभिमान ” भन्ने मुल नाराका साथ आज कावासोति नगरपलिका स्थित हिकोडेफमा समपन्न सुरक्षित आप्रवासन कार्यक्रम अन्तर्गत अन्तराष्ट्रिय आप्रवासी श्रमिक दिवस २०२२ को अवसरमा आयोजना गरिएको जनप्रतिनिधिहरु सँग अन्तरक्रियाका साथै, वैदेशिक रोजगारीको क्रममा समस्यामा परेका कामदारहरुका बालिबालिकाहरुका लागी शैक्षिक सामाग्री वितरण कार्यक्रममा अन्र्तगत नवलपुर जिल्ला भित्रका १२ जना विद्यार्थीहरुलाइ शैक्षिक सामाग्री वितरण गरिएको हो ।
कार्यक्रममको अध्यक्षता आप्रवासी कामदार हकहित संरक्षण मञ्च नवलपुरका अध्यक्ष युवलाल तिवारी (गोपाल), प्रमुख अतिथि नवलपुर जिल्ला शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख रुद्र शर्मा , नवलपुर जिल्ल समन्वय समितिका सदस्य सरस्वती पाठक, विभिन्न पालिकाहरुका रोजगार संयोजक , विभिन्न संघ संस्थाका प्रतिनिधि ,अभिभावक तथा विद्यार्थीहरुको उपस्थितिमा उक्त कार्यक्रम समपन्न भएको हो ।
कार्यक्रममा नवलपुर जिल्ला भित्र रहेका वैदेशिक रोजगारीका क्रममा मृत्यु र अंगभंग भएका अभिभावका बालबालिकाहरुका लागी शैक्षिक सामग्री तथा स्विटर वितरण गरिएको थियो । चिसोको समयमा विद्यार्थीहरुलाइ विद्यालय जान सहज हुने र निरन्तर रुपमा शिक्षालाइ अघि बढाउनका लागी यस कार्यक्रमको आयोजना गरिएको आप्रवासी कामदार हकहित संरक्षण मञ्च नवलपुरका अध्यक्ष युवलाल तिवारी (गोपाल)ले बताउनु भयो । लामो समय देखि वैदेशकि रोजगारको क्षेत्रमा काम गर्दे आइरहेको यस संस्थाले विभिन्न समयमा वैदेशिक रोजगारीमा जादाँ के कसरी जाने र कसरी सुरक्षित हुने भन्ने विषयलाई प्राथमिकतामा राखेर सडक नाटक , छात्रबृत्ति वितरण , युवाहरुलाइ क्षमता अभिबृद्घि कार्यक्रम , कोरोना महामारीको समयमा फुड बैंकको स्थापना र सञ्चालन , महोत्वहरुमा स्टल, वैदेशिक रोजगारीमा हुदाँ अलपत्र परेकाहरुलाइ उद्दार गर्ने जस्ता कार्यहरु गर्दे आइरहेको छ ।
आगामी दिनहरुमा सकेसम्म स्वदेशमा नै व्यवसाय वा रोजगारी गर्न सक्ने वातावरण मिलाउन सरकार लाग्नुपर्ने, वैदेशिक रोजगारीमा जानपर्ने अवस्थामा सिप सिकेर सुरक्षित रुपमा वैदेशिक रोजगारमा जान सके विभिन्न दुर्घटनाबाट हुने मृत्युको शिकार बन्न तथा अंगभंग हुनु नपर्ने र विभिन्न किसीममा समस्याहरु भोग्न नपर्ने बताउदैै आजभोली युरोप , अमेरीका लगाएतका देशहरुमा पठाउने भन्दै भिभिन्न एजेन्टहरुले नेपालीहरुलाइ ठग्ने कार्य बढिरहेको भन्दै यस्ता कुराहरुमा ध्यान दिन र राज्यले पनि यस्ता कुराहरुमा निर्गानी गनुपर्ने अध्यक्ष तिवारीले बताए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि कावासोति नगरपालिकाका शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख रुद्र शर्माले वैदेशिक रोजगारीका कारण यस्ता समस्याहरुका विषयमा राज्यले गम्भिर भएर लाग्न जरुरी भएको , बालबालिकाहरु तथा अभिभावकहरुलाइ पनि सहयोग गर्न जनप्रतिनिधिहरु लाग्नुपर्ने , संस्थागत विद्यालयहरुले १० प्रतिशत छात्राबृत्ति अनिवार्य रुपमा दिनुपर्ने , सामुदायिक विद्यालयहरुमा पढ्ने बालबालिकाहरुलाइ प्रोस्तान मुलक कार्यक्रम गर्नुपर्ने र यसमा आफुले सक्ने कामहरु गर्ने प्रतिबद्घता समेत व्यक्त गरेका थिए ।
शैक्षिक सामग्री र स्विटर प्राप्त गरेपछि आफुहरुलाइ आफ्नो पढाइ निरन्तरता दिन र जाडोको समयमा न्यानो भएर विद्यालय जान पाउने भएको हुदाँ विद्यार्थीहरुले खुशी व्यक्त गर्दे राज्यले पनि आफुहरुलाइ सहयोग गरिदिए राम्रो हुने बताए थिए ।