हिन्दू धर्मावलम्बीहरूले प्रयोग गर्ने चान्द्र गणना पद्धतिको पञ्चाङ्ग अनुसार प्रत्येक महिनाको शुक्ल पक्ष एवं कृष्ण पक्षको एघारौँ तिथिलाई एकादशी भनिन्छ । एक वर्षमा चौबीस वटा एकादशी पर्दछ , जसमध्ये सबैभन्दा ठुलो र महत्त्वपूर्ण हरिबोधनी एकादशी हो । हिन्दु धर्मअनुसार एकादशी भगवान् विष्णुको उपासना गर्ने पर्व हो । असार शुक्ल एकादशीको दिन क्षीर सागरमा सुत्नुभएका भगवान विष्णु हरिबोधनी एकादशीका दिन उठ्नुहुने पुराणहरूमा उल्लेख गरिएको छ । भविष्योत्तर पुराणमा अन्य एकादशीमा भन्दा हरिबोधनी एकादशीका दिन गरिने भगवान् विष्णुको उपासना बढी फलदायी हुने कुराको उल्लेख गरिएको छ। ठुलो एकादशीको दिनमा गरिने स्नान, दान, तप , व्रत आदि सबै कार्य अक्षय फलदायी हुने कुरा भगवान् कृष्णले युधिष्ठिरलाई बताउनु भएको थियोे ।
ठुलो एकादशीको दिन पारेर मुख्यगरि देवचुली , कावासोति र गैंडाकोट नगरपालिका भक्तजनहरू देवचुलीको केउरेनि स्थित नारायणी नदिमा स्नान गर्ने , तोरण तार्ने , तुलसीको विवाह गर्ने , जलसेधन गर्ने गर्दछन ।
पछिल्ला केही वर्षहरू देखि भक्तजनहरूको अत्याधिक चाप वढ्न थालेपछि नारायणी नदि किनारमा रहेको खेल मैदानमा दिव्य मध्यवर्ती सामुदायिक वनले एकादशी मेला सञ्चालन गर्दै आएको छ। यसपटक पनि मंसिर ७ देखि ९ गते सम्म मेला सञ्चालन हुने छ ।
मेलामा नवलपुर जिल्लाका पहाडि क्षेत्रहरू बोबक, अर्खला लगाएतका सुन्तलाहरू , थारू समुदायले बनाउने चिच्चर, उखु, तरूलहरू ज्यादै लोकप्रिय र मुख्य आकर्षण बनेका छन । एकादशी मेलाले नयाँ उखान नै पाएको छ ´´एकादशी मेला गएर चिच्चर , बदाम र सुन्तला नखाए के खाइस त “ ।
एकादशी मेलामा स्थानीय तथा राष्ट्रिय कलाकारहरू एंव महानायक राजेश हमालको समेत उपस्थिति रहने छ । दिव्य मध्यवर्ती सामुदायिक वन द्दारा मध्यवर्ती क्षेत्रमा जंगल सफारी, शनिश्चरे तालमा डुंगा सयरको समेत व्यवस्था गरेकाे छ । एकादशी मेलाबाट संकलन भएको रकम मानव वन्यजन्तु बिचकाे द्वन्द्व कम गर्ने कार्यका लागि प्रयोग गरिने आयोजक कमिटीले जानाएको छ ।
अघिल्लो वर्ष एकादशी धार्मिक मेलामा सिंगो वंगुर नै पोलेको भिडियो तथा फोटोहरू भाइरल बनेको र उक्त कार्यको चौतर्फी विरोध समेत भएको थियोे । यसपटक भने मेलालाइ मर्यादित बनाउन आयोजक कमिटीले होटलहरूलाइ थप अनुगमन गर्ने , मर्यादित, सभ्य र भव्य रूपमा मेला सञ्चालन गर्ने र सोही अनुरूप तयारी गरिएको मेला आयोजना कमिटीले जानकारी दिएको छ ।