नवलपुर ।
पूर्वी नवलपरासीको हुप्सेकोट -३ गिरुबारीमा रहेको प्रदुक बहुउद्देश्यीय सहकारी संस्था लि. ले स्थलगत अनुगमन गरेको छ ।
संस्थाका अध्यक्ष नयॉं दत्त गौतम संस्थाका उपाध्यक्ष अनिल थापा सचिव मात्रिका प्रसाद राना कोषाध्यक्ष अनुगमन समिति संयोजक , सदस्य , व्यवस्थापक भक्त वि .सी . कोषका अनुगमन अधिकृत चण्डीराज नेपाल साथै स्वरोजगारकोष नवलपरासीका सदस्य सचिव प्रितम भुजेल सहितको टोलीले अनुगमन गरेको हो ।
प्रदुक सहकारीको स्वरोजगार कोषको प्रथम चरणको थोक कर्जा किस्ता वापतको २५ लाख सम्झौता लगतै बेरोजगार युवाहरुमा गरिएको लगानीको स्थलगत अनुगमन गरिएको सदस्य सचिव प्रितम भुजेलले बताए । दुर्गम पहाडि क्षेत्रमा बसोवास गर्ने युवाहरुमा लक्षित गरी गरीएको लगानी सफल भएको देखिएको छ । युवा स्वरोजगारबाट ऋण लिएर कुखुरा, बङ्गुर, पालन, मासु पसल, होटल तथा किराना पसल सञ्चालन गरीरहेका १७ ब्यवसायीको स्थलगत अनुगमन गरीएको हो ।
टोलीले गुहेंरी ,पेलेगा दमार , झ्यालवास , बेलाहानी, गिरुबारी , जुल्पेटार , कोलिया लगायतका क्षेत्रमा स्थलगत अनुगमन गरेको थियो ।