नवलपुर । पूर्वपश्चिम राजमार्ग अन्र्तगत मध्यविन्दु–१५ गडार खोलाबाट प्रहरी चौकी तम्सरिया नवलपरासी पूवको टोलिले लागु औषध सहित दुई जनालाई पक्राउ गरेको छ ।
प्रहरी नायव निरीक्षक कृष्ण साहको कमाण्डमा गएको टोलिले सवारी चेकजाँच गर्ने क्रममा युपि ५६ डब्लु २७०४ नम्बरको मोटरसाईकलमा पश्चिमबाट पूर्व तर्फ आउदै गरेका नवलपरासी (पश्चिम) बर्दघाट–४ का २८ वर्षीय मान बहादुर परियार र सोही स्थान बस्ने वर्ष २८ का कृष्ण थारुलाई लागु औषध सहित पक्राउ गरेको हो ।
उनिहरुको साथबाट ओनरेक्स १०० एम.एल. को १३५ सि.सि., डाइजापाम ५२ एम्पुल, फेनरागन ५६ एम्पुल र नोफीन ५२ एम्पुल बरामद गरीएको प्रहरीले जनाएको छ ।