नवलपुर, मदन अर्याल । देवचुली नगरपालीकामा काेराेना संक्रमितदर दिनप्रतिदिन बढ्दै गईरहेकाे छ । आईतवार गरिएकाे परीक्षणमा २६ जनामा काेराेना पाेजेटीभ देखिएकाे हाे ।
देवचुली नगरपालिका स्वास्थ्य शाखाले दिएकाे जानकारी अनुसार दुम्कौली प्राथमिक स्वास्थ्य केन्द्र मा गरिएको ७४ जनाको एन्टिजिन परिक्षणमा २६ जनामा काेराेना पोजेटिभ देखिएकाे हाे । पाेजेटीभ देखिनेमा वडा नं ११ र १६ मा सबैभन्दा धेरै ५ जना, वडा नं १ मा ४ जना, वडा नं १५ मा ३ जना, वडा नं २ र वडा नं ९ मा २ जना र वडा नं ४, ७, १२, १३, १७ मा १, १ जना गरि जम्मा २६ जनामा काेराेना पाेजेटीभ देखिएकाे हाे ।
पछिल्लाे समय निशेधाज्ञा खुकुलाे भएसँगै देवचुलीमा काेराेना संक्रमित संख्या बढ्दै गएकाे छ । जिल्ला प्रशासन कार्यलयले ताेकेकाे मापदण्ड पूरा नगरी निर्वाधरुपमा सभा, सम्मेलन, खेलकुद कार्यक्रम गर्ने, माक्स तथा सेनेटाईजर प्रयाेग नगरी व्यापार व्यवसाय संचालन गर्ने, लक्षण देखिँदा पनि परीक्षण नगर्ने एवं संक्रमित खुलमखुल्ला हिडडुल गर्ने कारणले गर्दा नगरपालिकामा संक्रमणकाे जाेखिम बढ्दै गईरहेकाे छ ।