देवचुली ।
नेपाली काँग्रेसको १४ औँ महाधिवेशनका लागि नवलपुरका पालिकाहरुमा आजबाट अधिवेशन प्रकृया शुरु भएका छन् । नवलपुरको देवचुलीमा आज ११ गते विहान ८ बजे मतदाता नामावली प्रकाशन, ९ बजेबाट २ बजे सम्म मनोनयन दार्ता, ५ बजे सम्म उम्मेदवारी फिर्ता गर्न सकिने निर्वाचन अधिकृत सुबास भुसालले जानकारी दिनुभयो ।
अधिकृत भुसालका अनुसार सहमती हुन नसकेमा १२ गते विहान ९ बजेदेखी २ बजे सम्म दलदलेको साहारा पार्टी प्यालेसमा निर्वाचन हुने जानकारी दिनुभयो ।