मदन अर्याल, नवलपुर ।
देशभरबाट सवारी दुर्घटनाकाे खवर आईरहदा नवलपुरकाे दलदले-कुमसाेत सडकखण्डमा पनि दुर्घटनाकाे जाेखिम बढेकाे छ । चाडपर्वमा घर फर्कने यात्रुहरु गाडीकाे छतमा बसेर यात्रा गर्नु पर्ने वाध्यात्मक अवस्था, ठाउँ-ठाँउमा भत्किएकाे कच्ची सडकका एवं गाडीकाे क्षमता भन्दा वढि यात्रुहरु बाेकेर हिड्दा दुर्घटनाकाे जाेखिम बढेकाे हाे ।
दलदले, कुमसाेत, पाेखरी,बुलिङटार, डेडगाँउ हुँदै पाल्पा रामपुर सम्म पुग्ने याे सडक संभवत् ९०% भन्दा बढी पहाडी भेग पर्ने गर्दछ । कच्ची सडक त्यसमापनि बर्षा याममा आएकाे पानिका कारण विभिन्न ठाँमा बाढी तथा पहिराे जाँदा सडककाे अवस्था जिर्ण छ । दुईपांग्रे सवारी साधनलाई समेत आवतजावत गर्न समस्या हुने याे सडकमा क्षमता भन्दा बढी समान र यात्रु बाेक्दा पनि सम्वन्धित निकाय भने मुख दर्शक बनेका छन् ।
बजार क्षेत्रका विभिन्न ठाउँमा प्रशासन कार्यलयले ट्राफिक प्रहरी परिचालन गरि कडाई गरेपनि पहाडी क्षेत्रलाई वास्ता नगर्दा तथा सम्भावित दुर्घटनालाई नजरअन्दाज गर्दा दुर्घटनाकाे जाेखिम बढेकाे छ ।
याे हप्ता मात्रै देशका विभिन्न ठाँउमा भएकाे सवारी दुर्घटानामा परी करीव ५० जना भन्दा बढीकाे मृत्यु भईसकेकाे छ भने सयौं सख्यामा घाईते भएका छन् । त्यसैले नवलपुरमा पनि यस्ता घटनाहरु हुन नदिन सम्बन्धित निकाय गम्भीरताका साथ लाग्न जरुरी देखिन्छ ।