मंसिर ०९ ।
नेकपा एमालेको १० औँ महाधिवेशनमा जाने सवारी साधनलाई मध्यनजर गर्दे आज बिहिबार र भोली शुक्रबार बुटवल नारायणगढ सडक खण्डमा मालवाहाक सवारी साधन चल्न रोक लगाईने भएको छ । पुर्वि र पश्चिम नवलपरासीको सुरक्षा समितिको बैठकले आज साझ देखि मालवाहक सवारी साधनलाई बुटवल बाट अगाडी आउन नदिने निर्णय भएको पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले जानकारी दिनुभयो ।
आज साझ ६ बजे देखि भोली १० गते राति १२ बजे सम्म मालवाहक सवारी साधन नारायणगढ बुटवल सडक खण्डमा चल्न पाउने छैनन् । दाउन्नेमा हुन सक्ने जामलाई मध्यनजर गर्दे मालवाहक सवारी साधन रोक्न प्रदेश ट्राफिक कार्यालयलाई अनुरोध गर्ने निर्णय गरिएको मिश्रले बताउनुभयो । दैनिक जसो दाउन्नेमा मालवाहक सवारी साधन विग्रने र जिर्ण सडकका कारण जाम हुने समस्यालाई मध्यनजर गर्दे महाधिवेशनमा आउने सवारी साधन सहज रुपमा आवागमन होस भनेर दुवै जिल्लाको समन्वयमा मालवाहक सवारी रोक्ने निर्णय भएको उहाँले हामिलाई जानकारी दिनुभयो ।
पश्चिम बाट आउने मालवाहक सवारीलाई बुटवलमा रोकिने छ भने भारत तर्फ बाट आउने सवारीलाई भैरहवामै होल्ड गरिने छ । महाधिवेशनमा सहभागि हुने बाहेकका यात्रुवाहक र निजि सवारी साधनलाई पनि बैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिने प्रमुख जिल्ला अधिकारी मिश्रले बताउनुभयो । चितवनमा महाधिवेशनको दिन गाडी चल्ने अवस्था नरहेकाले वैकल्पिक मार्ग प्रयोग गर्न यात्रुवाहक सवारी साधनलाई आग्रह गरिने सुरक्षा समितिको निर्णय छ । पश्चिम बाट नारायणगढ भन्दा टाढा जाने सवारी साधनले पोखरा हुदै सवारी चलाउन सक्ने छन् । संयुक्त सुरक्षा समिति बैठकमा पुर्वि नवलपरासीकि प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनी, पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी मिश्र सहित सुरक्षा निकायका प्रमुखको सहभागिता थियो ।