कावासोती ।
नेकपा एमाले नवलपुरको पार्टी कार्यालय उद्धघाटन को अवसरमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ६५ जनाले रक्तदान गरेका छन् । कोभिड- १९ का कारण उत्पन्न रगतको अभाव पूर्तिका लागि गरिएको रक्तदान कार्यक्रममा ६५ जनाले रक्तदान गरेका हुन् ।
नेकपा एमालेका जनवर्गीय संगठन राष्ट्रिय युवा संघ नेपाल, अनेरास्ववियु नवलपुर ,अनेमसंघ नवलपुरको सयुक्त आयोजनामा रक्तदान कार्यक्रम गरिएको थियो ।
राजनीतिक दलका जनवर्गीय सङ्गठनले राजनीतिसँगै सामाजिक कार्यक्रम समेत गर्नुपर्छ भन्ने सन्देश दिन रक्तदान कार्यक्रमको आयोजना गरिएको राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य एवं एमाले जिल्ला कमिटी सदस्य मदन गिरीले बताउनुभयो ।