भिम भुसाल, देवचुली ।
तेस्रो देवचुली महोत्सव यहि फागुन १६ देखी २८ गते सम्म हुने भएको छ । देवचुली उद्योग वाणिज्य संघको आयोजना तथा नवप्रगती युवा क्लब र प्रगतिनगर बजार ब्यवस्थापन समितिको समन्वयमा महोत्सव हुने भएको हो ।
देवचुली १४ को पावर हाउस संगै रहेको खुल्ला क्षेत्रमा सोमवार देखी सुरु हुने महोत्सवको ९० प्रतिशत तयारी सकिएको आयोजकले पत्रकार सम्मेलन गरि जानकारी दिएको छ ।सोमवार बिहान ११ बजे स्थानीय झाँकी,बाजागाजा सहित शोभा यात्रा गरिने र दिउँसो २ बजे महोत्सवको उद्घाटन गरिसक्ने महोत्सव मुल आयोजक समितिका संयोजक तथा देवचुली उद्योग वाणिज्य संघका अध्यक्ष रेशम सापकोटाले जानकारी गराउनुभयो । महोत्सवक उद्घाटन देवचुली नगरपालिकाका नगर प्रमुख पूर्णकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा हुने छ ।
महोत्सवमा १०० ब्यापारिक स्टल २० वटा कृषि तथा प्रबद्धनात्मक स्टल रहने छ्न भने ५ सेल्फी जोन सहितको स्टल रहने महोत्सव सांस्कृतिक संयोजक सत्यनारायण भुसालले जानकारी दिनुभयो । नगर भित्रका व्यवशायि र यस क्षेत्रका कृषिजन्य वस्तुहरुलाई प्रबद्धन गर्न महोत्सवले उल्लेख्य भुमिका खेल्ने अपेक्षा गरिएको छ । महोत्सवको शुरूवाती दिनबाटै ४ दर्जन भन्दा धेरै राष्ट्रिय तथा स्थानिय कलाकारको प्रस्तुती रहने छ । महोत्सवमा बिधालय स्तरीय प्रतिभा, आमा समुहहरु बिच रसि तान्न्ने प्रतियोगिता, युवा भलिबल, विभिन्न जात जातिको पहिचान सहितको घर, सेल्फी जोन सहितक दृश्य समेत देख्न पाइने छ ।
साथै महोत्सव प्रवेश शुल्क १०० रुपैयाँ रहेको आयोजकले जनाएको छ । जसमा बिद्यार्थी परिचय पत्र हुनेलाई ५० रुपैयाँ, अपाङ्ग रातो कार्ड र बृद्धअबश्थाका नागरिकलाई निशुल्क प्रवेश दिईने बताइएको छ ।