भिम भुसाल
पौष–१७, देवचुली ।
देवचुली नगरपालिका ४ बस्ने वर्ष १० का बिवस बसेल (नेपाली)को स्वास्थ्य अवस्था बुझ्न नवलपुर क्षेत्र नम्बर १ का प्रतिनिधि सभाका सांसद प्राध्यापक डाक्टर शंसाक कोईराला सहितको टोली अस्पताल पुगेको छ । ब्लड क्यानसरको लक्षण देखिएका बालकको स्वास्थ्य अवस्था बुझ्न प्रतिनिधि सांसद कोईराला सहित सांसदहरु कृष्णचन्द्र नेपाली, नेपाली काँग्रेस केन्द्रिय सदश्य मिनेन्द्र रिजाल गुरुराज घिमिरे, योजना आयोग पूर्व उपाध्यक्ष डाक्टर गोबिन्द पोख्रेल, पूर्व सांसद महेन्द्रध्वज जि सी लगाएतका सांसाद एंव नेता सहितको टोली आज (बिहिवार) विहान वी. पी. कोईराला मेमोरीयल क्यानसर अस्पताल भरतपुर पुगेको हो ।
डाक्टर कोईराला सहितको टोलीले अस्पतालका कार्यकारी निर्देशक डाक्टर बिजय चन्द्र आर्चाय र बालकको स्वास्थ्य अवस्था हेरीरहनुभएका डाक्टर निभा तिवारीसँग बालकको स्वास्थ्य अवस्थाको जानकारी लिएको छ ।
डाक्टर तिवारीले बालकको स्वास्थ्य अवस्थामा उल्लेख्य सुधार आएको सांसदहरुलाई जानकारी दिनुभएको छ । साथै कार्यकारी निर्देशक डाक्टर आर्चायले बालकको औषधी बाहेक अन्य सेवा सुविधा निशुल्क गरीएको जानकारी दिनुभएको थियो । बालकलाई ए एम एल को एम ३ टाईपको ब्लड क्यानसर भएको डाक्टर तिवारीले जानकारी दिनुभयो । पिडित बालकलाई ३ देखि ६ महिना सम्म अस्पताल राख्नु पर्ने अस्पताल प्रशासन पक्ष बाट जानकारी गराई सकिएको छ ।
आर्थिक रुपमा विपन्न रहेको बसेलको परिवारलाई आर्थिक सहयोग रकम उठिरहेको छ । हाल सम्म पिडित बालकको स्वास्थ्य उपचारका लागी करिब २ लाख ५० हजार रुपैया रकम परिवारले विभिन्न सहयोगिहरुबाट प्राप्त गरिसकेको बालकका बुवा देव बहादुर बसेल (नेपाली)ले पावर संदेशलाई बताउनुभयो । देवचुली ४ मा नै रहेकोे श्री शान्ति सिर्जना आधारभुत विधालयमा कक्षा ३ मा अध्यन गरीरहेका बालक बिवसलाई आर्थिक सहयोग गरी बालकको ज्यान बचाईदिन बुवा देव बहादुर बसेलले सबैलाई अनुरोध गर्नुभएको छ । बालकको सहयोगको लागी कृर्षि बिकास बैक र कामना सेवा विकास बैँकको खाता नम्बर उपलब्ध गराईएको छ । बुवा देव बहादुर बसेलको नाममा कृर्षि बिकास बैँकमा रहेको खाता नम्बर ०४१५१०११०१५९८०१९ र कामना सेवा बिकास बैँकको ०२१११४०००६८८५०००००१ नम्बरको खातामा आर्थिक सहयोग उपलब्ध गराईदिन बालकका बुवाले आग्रह गर्नुभएको छ ।
बालकको स्वास्थ्य अवस्था बुझ्न बारम्बार सांसद एंव नेताहरु अस्पताल पुग्ने गरेका छन् । तरुण दल देवचुली नगर सदस्य भिमचन्द्र गुरुङको नेतृत्वमा बालकको स्वास्थ्य अवस्था बुझ्न नेताहरु अस्पताल पुग्ने गरेका छन् । प्रदेश सांसदहरु विष्णु प्रसाद लामिछाने, कृष्ण चन्द्र नेपाली नेपाली काँग्रेस महासमिति सदस्य गजेन्द्र आले, तरुण दल जिल्ला पूर्व सभापति एंव उद्योग वाणिज्य संघ नवलपुरका अध्यक्ष अमित भट्टचन, तरुण दल देवचुली नगर सदस्य भिमचन्द्र गुरुङ्, तरुण दल वडा नम्बर ४ सभापति रुपेश विश्वकर्मा, युवा समाजसेवी धन बहादुर लुङ्गेली, मिनि भ्यालिका अध्यक्ष सन्तोष कार्किसहितको टोलीे गत मंसिर देखी नै वी. पी. कोईराला मेमोरीयल क्यानसर अस्पताल भरतपुर पुग्ने गरेको छ ।