देवचुली ।
शुक्रबार देवचुली नगरपालिकाकाे अत्यावश्यक बाहेक सेवा बन्द हुने भएको छ । देवचुली नगरपालिकाकाे सभा हलमा दशाैं नगरसभा हुने भएकाले १० गते अत्यावसेक बाहेकका अन्य सेवाहरू बन्द हुने भएकाे हाे । शुक्रबार दशौं नगरसभा संचालन हुने भएकाले अत्यावश्यक बाहेक सबै प्रकारका सेवाहरु बन्द गरिएको प्रमुख प्रशासकिय अधिकृत गोविन्द सिग्देलले जानकारी दिनुभयाे ।
नगरसभामा भोली नीति तथा कार्यक्रम पेश गर्ने,छलफल गर्ने र सोही दिन नै बजेट पेश गर्ने कार्यक्रम रहेको छ । नगरसभा शुक्रबार बिहान ११ बजेबाट सुरु हुने भएकाे छ ।