देवचुली ।
देवचुली नगरपालिका वडा नं. १ मा रहेकाे नेपाल मा.वि. मा ईलेक्ट्रिकल तथा मेकानिकल विषय संचालनका लागि पहल गरिने भएकाे छ । मंगलबार प्राविधिक तथा व्यवसायिक शिक्षा संग सम्बन्धित अन्तरक्रिया कार्यक्रमबाट वर्तमान अवस्था र आवश्यकत्तालाई मध्यनजर गर्दै CTEVT अन्तरगतकाेे ३ बर्षे डिप्लाेमा काेर्ष पढाइका लागि आवश्यक प्रक्रिया पूरा गरि अध्यापन संचालन गरिने निर्णय भएकाे हाे ।
विद्यालय व्यवस्था समिति, शिक्षक अभिभावक संघका पदाधिकारी, मेयर, वडाध्यक्ष, राजनितिक कर्मि, शिक्षा प्रेमि, स्थानिय बुद्धिजिवि, उद्योगीहरूकाे भेलाबाट नेपाल मा. वि.मा प्राविधिक एवं व्यवसायिक शिक्षा संचालन अन्तरगत ईलेक्ट्रिकल तथा मेकानिकल विषय संचालन गर्ने सहमती भएकाे हाे ।
अन्तरक्रिया कार्यक्रममा बाेल्दै चाैधरी उद्योगका महा प्रवन्धक रामकाजि सिटाैलाले प्राविधिक शिक्षा संचालनकालागि उद्योगले सक्दाे सहयाेग गर्ने प्रतिबद्धता जनाउनु भएकाे थियाे ।
प्रमुख आतिथि देवचुली नगरपालिकाका नगर प्रमुख हरी प्रसाद न्याैपाने रहनु भएकाे थियाे भने कार्यक्रमकाे सभापतित्व विद्यालय व्यवस्थापन समितिकम अध्यक्ष पवन कुमार बुढाथाेकिले गर्नु भएकाे थियाे । त्यस्तै विद्यालयका प्रधानध्यापक शिव प्रसाद देवकाेटाले कार्यक्रमकाे सहजिकरण गर्नु भएकाे थियाे ।