युवा कल्याण मञ्चले भोलि मिति २०७९/०६/३१ गते सोमबार कावासोतीको सिद्दार्थ मा विको हलमा एकदिने नेतृत्व सीप विकास कार्यक्रम आयोजना गर्न्र भएको छ । नया पुस्तालाई सफल नेतृत्व सीप विकास गर्न आफू र संस्था हरदम लागि परेको सो संस्थाका अध्यक्ष श्री शिशिर गैरेले बताउनु भयो । उहाँले स्मरण गर्दै भन्नू भयो, ” हामीले तालिम दिदै आएका युवा तथा विद्यार्थीहरु आज विभिन्न ठाउमा नेतृत्वदायी भुमिकामा पुगेका साथै एक सबल नागरिकको रुपमा स्थापित भएका छन् ।” त्यस्तै संस्थाका उपाध्यक्ष घनश्याम सुवेदीले आगामी दिनहरुमा पालिकाहरु सहयोग र समन्वय गरेको खण्डमा युवा विद्यार्थी मैत्री नयाँनया योजना अगाडी सार्न सकिने बताउनु भयो । अहिले युवा र विद्यार्थीको मनोसामाजिक समस्या निराकरण भएको खण्डमा सभ्य र सुसंस्कृत समाज निर्माण हुन सक्छ ।
सो कार्यक्रमलाई सम्पन्न गर्न सेन्ट्रल कलेजले प्राविधिक गरेको छ ।