काठमाडौं ।
सरकारले कोरोना भाइरस ९कोभिड(१९०का कारण श्रम गन्तव्य मुलुकहरूमा रहेका करिब तीन लाख श्रमिक स्वदेश फर्किन सक्ने विश्लेषण गरेको छ । साउदी अरब, मलेसिया, यूएई, कतार, कुवेत, बहराइन, ओमान लगायतका मुलुकमा ठूलो संख्यामा नेपाली श्रमिक छन् । त्यहाँ १५ लाख बढी नेपाली कार्यरत छन् । ती मुलुकहरूमा अवैध काम गरिरहेका नेपालीको संख्या पनि ठूलो छ ।
शुक्रबार मन्त्रिपरिषद्को बैठकमा तत्काल तीन लाख श्रमिक नेपाल फर्किने अवस्थामा पुगेको रिपोर्टिङ भएको छ । साउदी अरबले भारतीय श्रमिकहरूलाई फिर्ता पठाउन फारम गराएको थियो । त्यसमा नेपालीहरूले पनि फारम भरेका छन् । यस्तै, कतिपय मुलुकमा नेपालीहरू कामविहीन भएका छन् । यसका साथै लामो समयदेखि अवैधानिक रुपमा बसेका काम गरिरहेकाहरू पनि अहिले समस्यामा परेका छन् ।
‘प्रधानमन्त्रीले कतार, साइप्रस, बहराइन लगायतका मुलुकका आफ्ना समकक्षीहरूसँग कुराकानी गर्नु भएको छ,’ एक मन्त्रीले भने, ‘अहिलेलाई त्यहीँ राख्ने र कोरोनाको महामारी सकिएपछि आवश्यक निर्णय गर्ने कुराकानी भएको छ ।’ सबैभन्दा बढी अवैधानिक रुपमा काम गरिरहेकाहरू अहिले समस्यामा परेको बताइएको छ । सरकारले पनि अब उनीहरूलाई सम्बन्धित देशको रजिस्ट्रेसन प्रक्रियामा समावेश हुन जोड दिनेछ । उनीहरू स्वदेश फर्किने सम्भावना बढी छ ।