भिम भुसाल
पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणको स्पष्ट छानबिनको माग राख्दै आईतवार पनि हिन्दु राष्ट्र नेपालले देवचुलीको प्रगतिनगरमा प्रर्दशन गरेको छ । आईतवार वेलुका देवचुली १५ प्रगतिनगरमा हिन्दु राष्ट्र नेपालका अभियान्ता तथा स्वतन्त्र ब्यक्तिहरुको उपस्थितिमा आधा घण्टा नाराबाजी गरेका हुन् ।
अनुसन्धानको लागी पक्राउ परेका टेलिभिजन प्रस्तोता पत्रकार रवि लामिछानेका समर्थकहरुले पत्रकार पुडासैनीको स्पष्ट छानबिनको माग राखेका छन् ।
समर्थकहरुले पुडासैनीको आत्महत्या प्रकरणमा स्वतन्त्र छानविन गर्न र न्याय दिलाउन घटनाको निष्पक्ष छानबिन गर, अपराधिलाई कारवाही गर, घटनामा संलग्नताको खोजि गर लगाएतका नारा लगाएका थिए । पुडासैनिको हत्यारा पत्ता नलगाउदा सम्म हरेक दिन साँझ ६ बजे प्रगतिनगर चोकमा प्रर्दशन गरीने र अदालतले पत्रकार रवि लामिछानेलाई निर्दोष सावित गरेमा न्युज २४ को कार्यालय सम्म पुगेर पुडासैनिको स्पष्ट छानविनको लागी सिधा कुरा जनतासँगलाई सहयोग गर्ने समेत जनाईएको छ ।
पुडासैनीले आत्महत्या अघि बनाएको सुसाइड भिडियोमा न्युज २४ का पत्रकार रवि लामिछानेले आफुलाई मर्न वाध्य पारेको बताएपछि अनुसन्धानका लागी पत्रकार लामिछाने सहित युवराज कँडेल र अस्मिता कार्कीलाई विहिबार राति प्रहरीले पक्राउ गरी चितवन पुर्याएको थियो। र शुक्रवार अदालतले ५ दिन म्याद थप गरेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।