१४ असोज, काठमाडौं ।
वैदेशिक रोजगार कार्यालय ताहाचलबाट श्रम स्वीकृति दिने काम केहि समयको लागि बन्द भएको छ । कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि सेवा रोकिएको वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालले जानकारी दिनुभयो ।
उहाँका अनुसार ‘एक कर्मचारीमा कोरोना पुष्टि सहित अन्य कर्मचारीमाहरुमा पनि कोरोनासँग मिल्दा जुल्दोलक्षण देखिएको हुँदा कार्यालय परिसर भित्र खुल्ला रहेपनि सबै प्रकारका सेवा भने ठप्प नै रहने छ ।’