चितवन ।
पूर्वी चितवनकाे निर्माणाधिन आकाशे पुलमा सकांस्पद वस्तु फेला परेकाे छ। रत्ननगर नगरपालिका-२ स्थित पुर्वपश्चिम राजमार्गमा बन्दै गरेकाे आकाशे पुलमा सकांस्पद फेला परेकाे हाे।
आकाशे पुल माथि साताै पार्टी पुनर्गठन दिवस भव्य रुपमा मनाअाै भन्ने ब्यानर भेटिएको र साेहि ब्यानर बाधिँएकाे डाेरीमा २ वटा सकांस्पद वस्तु भेटिएको इलाका प्रहरी कार्यलय टाँडीले जनाएको छ।
पुलमा भेटिएकाेे वस्तु नेपाली सेनाकाे डिस्पाेजल टिम आएपछि मात्रै थाहा हुने इलाका प्रहरी कार्यलय टाँडीका प्रहरी नायव उपरिक्षक रविन कार्कीले बताउनुभयाे । शंकास्पद वस्तु भेटिएपछि पुल वरपर आवतजावत बन्द गरिएकाे छ ।